• २०८३ जेष्ठ ३१ गते आइतवार

उपत्यकामा आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

आज उपत्यकामा हुने कार्यक्रमहरू

साउन २५,काठमाडौँ । १.कर्णाली प्रदेशमा कोरोनाको पछिल्लो अवस्था र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलेकोे भूमिकाको विषयमा जानकारी दिन रजिस्टार विश्वराज काफ्ले सहित प्रतिष्ठानका चिकित्सकहरुसँग अन्तरसंवाद कार्यक्रम हुने ।
स्थान :- संवाद डबली अनामनगर ।
समय :- १२ः१५ बजे ।

२.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि SNE(special need education)विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान :- सानोठिमी क्याम्पस ।
समय :- २०७७/०४/७ गते देखि जारी ।

३.Covid-19 enough is enough group का अभियानता इसान अधिकारी (ई) सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि वसन्तपुर डबलीमा २०७७/०४/०३ गतेको १२:३० बजे देखि खुल्ला सत्याग्रह बसेको स्वास्थ्यमा समस्या आएपछी मिति २०७७/०४/१९ गते ९:३० बजे ह्याम्स हस्पिटलमा लगेको सत्याग्रह जारी ।

४.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

५.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

Sharing

प्रतिक्रिया दिनुहोस