• २०८३ जेष्ठ १७ गते आइतवार

दाङमा एक युवक मृत भेटिए, प्रहरीको अनुसन्धान तीब्र

५ नं. ब्युरो पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, दाङ । दाङको तुलसीपुरमा एक युवा मृत फेला परेका छन् । पश्चिम दाङको शान्तीनगर गाउँपालिका वडा नम्वर ४ एकलीका बर्ष ३० नविन भण्डारी मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोमवार विहान घरबाट निस्किएका युवक सम्पर्क विहिन भएपछि उनको खोजीकार्य भएको थियो । उनको शव मंगलवार विहान तुलसीपुर १ रातापहिरो भन्ने स्थानमा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

मृतकको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमाटमका भई रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस