माघ २६, कैलाली । कैलालीको घोडाघोडी न १ सुखडमा ट्याक्टर पल्टीदा २ जना घाइते भएका छन । पश्चिमबाट पुर्व तर्फ आइरहेको भे १त ८२४४ नम्बर ट्याक्टर ओभरट्याक गरिरहेको अटो बचाउन खोज्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय सुखडले जनाएको छ ।
दुर्घटनामा परि घोडाघोडी न ४ गैडाखेडाका ४० बर्षिय ट्याक्टर चालक नरेन्द्र परियार र सोही ठाउका ५० बर्षिय सह चालक मोतिराम परियार घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको सुखड स्थीत घोडाघोडी अस्पताल प्राली उपचार भइरहेको ईलाका प्रहरी कार्यलय सुखडले जनाएको छ