• २०८३ भाद्र ९ गते मङ्गलवार

तारकेश्वर न.पा मा पौडी खेल्ने क्रममा बालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १ स्थित पानी पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ एक बालकको मृत्यु भएको छ ।

पानी पोखरीमा डुबेका उदयपुरका विष्णु सुनुवारको छोरा १२ वर्षीय सुरज सुनुवारको शव फेला परेको हो । ती बालक पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीबाट उद्दारमा खटिएको प्रहरी टोलीले करिब ३० मिनेटको प्रयासपछि पोखरीमा डुबेका उनको शव निकालिएको सो महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस