असार २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको सात स्थानमा प्रदर्शन भएको छ । काठमाडौं उपत्यकाका कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन -इन्द्रचोक_ र लगनेखल सहित विभिन्न सहरमा प्रर्दशन भएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा_ मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका अवस्थामा स्थिर सरकारको माग सहित स्वतन्त्र युवाहरुले सडकमा प्रदर्शन गरेका हुन । देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको भन्दै प्रदर्शन गरेका हुन् । युवाहरुले ओलीको तस्बिर र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका थिए ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पदबाट राजीनामा नदिने अडानमा छन ।

