• २०८३ भाद्र ४ गते बिहिवार

घाेडाघाेडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च १४ औं चुनावी सभा सम्पन्न, अध्यक्षमा बम सर्वसम्मत चयन

 राम बिश्वकर्मा,  कैलाली पढ्न लाग्ने समय : १ मिनेट

माघ २५,  कैलाली । कैलाली काे घाेडाघाेडी नगरपालिका १ सुखडमा रहेकाे घाेडाघाेडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चकाे १४ औं चुनावी साधारण शनिबार सम्पन्न भएकाे छ ।

उक्त भेलाबाट अध्यक्षमा हेम बहादुर बमकाे नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा टेकराज आचार्य, सचिवमा हरिलाल सापकाेटा,काेषाध्यक्षमा गंगा सुनार चयन भएका छन। त्यस्तै सदस्यमा बिश्वनाथ देवकाेटा, जय ब बम, ज्याेती खड्का , खडक कडायत, अर्मिता ओली,लक्ष्मी मल्ल र हरिकला सापकाेटा चयन भएका छन्। संस्थाका अध्यक्ष दिपेन्द्र शाही सभापतित्व संगै सुरु भएकाे कार्यक्रम का प्रमुख अतिथी सुदुर पश्चिम प्रदेश का प्रदेश सभा सदस्य अम्मर बहादुर साँउद रहनुभएकाे थियाे।

कार्यक्रम मा बाेल्दै सुदुर पश्चिम प्रदेश का प्रदेश सभा सदस्य अम्मर साँउदले घाेडाघाेडी श्रेत्र संरक्षण तथा जनजागरण मञ्च काे बिकास गर्ने तिनै तहका सरकारकाे समन्वय हुन जरुरी रहेकाे बताउनुभयाे। बिगत २०५६ सालदेखि स्थापना भएकाे सस्थाले घाेडाघाेडी काे बिकासका लागि काम गरिरहेकाे बताउनुभयाे। उहाँले फरक प्रशङ्गमा बाेल्दै देशमा तीन तहका सरकार भएकाले बिकासले तिर्वता पाउने बताए। घाेडाघाेडी नगरपालिका मा थुप्रै पुलहरुकाे अाश्वश्यकता रहेकाे भन्दै अाफ्नाे कार्यकाल भित्र पुलहरु निर्माण गरिसक्ने बताउनुभयाे।

Sharing

प्रतिक्रिया दिनुहोस