• २०८३ बैशाख २० गते आइतवार

नेकपा तार्केश्वर नगर कमिटीको प्रथम बैठक तथा शपथ ग्रहण सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २५, काठमाडौं । नेकपा तार्केश्वर नगर कमिटीको प्रथम बैठक तथा शपथ ग्रहण सम्पन्न भएको छ । नेकपा केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले विशेष कार्यक्रमका बिच ८१ सदस्यिय नगरकमिटी सदस्य तथा वडा अध्यक्ष र सचिवहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्रि रामबिर मानन्धरले नयाँ घोषणा भएको नगरकमिटीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने आफ्नो क्षेत्रका सांसद शहरी विकास राज्यमन्त्रिभएकोमा नगरकमिटीले मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा काठमाडो. जिल्ला सचिव हिमाल शर्माले नगरकमिटी सदस्यहरुको नाबावली सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य नारायण सिलवाल, ३ नं. प्रदेश कमिटी सचिवालय सदस्य श्याम घिमीरे, ३ नं. प्रदेश कमिटी सदस्य शिव कोइराला ज्वाला, जिल्ला कमिटी सदस्य तथा प्रदेश सांसद योगेन्द्र संग्रौला, जिल्ला कमिटी सदस्य बिदुर अर्यालले स्वगत मन्तव्यका साथै नगरकमिटीलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस