जात जाति भित्र अलमल्लिएको समाज,
छुवा छुतमा सदै खलबल्लिएको समाज।
कसरी उँभो लाग्छ कुसँस्कारको जग मा,
जुवा तास र मदिरामै टल्लिएको समाज।
जस्का कुल्कुलानी समेतले माग्छन बली,
भाँगको मात सदियौ झल्लिएको समाज।
बोक्छन बन्दुक मार्छन निर्दोश मानवहरु,
प्रतेक नराम्रो मात मा रल्लिएको समाज।
सरकार पनि उस्तैछ जनता पनि उस्तै छ,
लाग्छ कामनै नपाएर हल्लिएको समाज।
ढुङ्गा पुज्छन आमा बा लाई बृद्धाश्रम मा,
कुँसँस्कारले सदियौ उकल्लिएको समाज।