• २०८३ बैशाख १३ गते आइतवार

कोरोना संक्रमित प्रहरीको संख्या २३ सय नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्रै ७४८ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या दुई हजार तीन सय १७ पुगेको छ । जसमध्ये १३ सय ५० जना सक्रिय संक्रमित छन् । ९६७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २१६, प्रदेश २ मा ६८, वाग्मती प्रदेशमा ६९, गण्डकीमा ८३, प्रदेश ५ मा १०८, कर्णाली प्रदेशमा ४१ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस