बैशाख ३०, सुनसरी । सुनसरीको हरिनगरा–३ स्थित शंकरपुरको शाखा नहरमा नुवाउन गएका एक युवाको डुबेर मृत्यु भएको छ ।

नहरमा नुहाउने क्रममा डुबेर ईटहरी उपमहानगरपालिका–१७ खनार बस्ने १६ वर्षीय अजय मेहताको आइतबार दिउँसो मृत्यु भएको हो ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको ईलाका प्रहरी कार्यालय हरिनगरा र अस्थायी प्रहरी पोष्ट गौतमपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही स्थानमा शव फेला परेको हो ।