• २०८३ बैशाख ६ गते आइतवार

व्याख्यात्मक घोषणाले जनताको आवाज सम्वोधन भयो : मात्रिका यादव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले एमसीसीको व्याख्यात्मक घोषणाले जनताको माग सम्वोधन भएको बताएका छन् ।व्याख्यात्मक घोषणा पनि एमसीसीको अंग हुने र यसलाई अमेरिकाले स्वीकार्नुपर्ने उनको भनाइ छ ।

यादवले संसदमा बोल्दै भने, ‘कतिपयले भनिरहेका छन्, माओवादीले सडकमा ढुंगा हान्न लगायो, अनि संसदबाट पारित गर्यो । तर, यदि यस्तो आन्दोलन नगरेको भए आज यो व्याख्यात्मक घोषणा आउने थिएन । जनताको माग सम्वोधन भएको छ ।’

लाज ढाक्ने धोतिका रुपमा व्याख्यात्मक घोषणा ल्याइएको टिप्पणी भइरहेको भन्दै उनले थपे, ‘हामी मधेसमा त लाज ढाक्न धोति नै लगाउँछौं । कसैलाई नांगै हिँड्नु छ भने केही छैन ।’संसदबाट पारित भएको एमसीसी लागू हुने तर व्याख्यात्मक घोषणा लागू नहुने तर्क सही नरहेको उनको टिप्पणी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस