छिमेकीले लोक डाउँन भित्र अन्तरराष्ट्रीय नियमनुसार प्रवाशी मज्दुरको रेख देख गर्न नसक्दा उद्दोगिक क्षेत्रमा कार्यारत मज्दुर क्रमचारीहरुको दीन प्रति दीन हालत खराब हुँदै गयो।अर्को तिर सिमाना पनि शिल गरिएको थियो।बिदेशमा जब लोक डाउँन लाग्यो कम्पनिहरुमा ताल्चा लगाईयो र हजारौँ मज्दुरहरु सडकमा आउँन बाध्य भए। कन्सेक्सनका मज्दुरहरु कम्पनिको गेटमा समेत जम्मा हुँन कोरोनाकै बहानामा दिईयन प्रसाशनले तितर बितर गरायो।उनिहरु लाई दिन प्रतिदिन आफुले खान र बस्नका लागि समस्य भयको देखेपछि त्यो हुल बस अड्डा जान्छ तर बस रेल सबै बन्द हुँन्छन।
साथिहो हामी यसरी बिदेशमा भोकै प्यासै तमासा बनेर मर्नु भन्दा बरु पैदल भयपनि हिँड्यौ मरे आफ्नै देशको माटोमा गएर मरौ्ला।यत्रो जमात लाई कस्ले रोक्ला आफ्नो देश भित्र प्रबेश गर्न?भन्दै नविनले सबैलाई पैदल हिँड्न आवहान गर्छ। उस्को कुरामा सबै सहमत हुन्छन,अनि महिला बच्चा र बृद्धा समेत आ-आफ्ना गुन्टा बाकस झोला बोकेर छे सात दिन सम्म पैदल यात्र गर्दै बोडरमा पुग्छन।
बोडरमा ताल्चा लागेकोछ अनि कसैलाई प्रवेश गर्न दिई दैन।अब यँहा नाराबाजी चल्छ दिनौ शंघर्ष गर्दा मैनादिन जति शंघर्ष पछि बल्लतल्ल सिमानाखोलेर भित्राईन्छ। स्वदेश भित्रिएपछि पनि उनिहरुलाई अट्ठाईस दिन सम्म कोरेन्टनमा बस्न बाध्या बनाईन्छ।कहिले उनको रिपोर्ट नेगेटीभ कैले पोजेटिभ देखाएर उनिहरुलाई झन त्रास डर श्रृजना गिरिन्छ।
यति लामू शंघर्ष पछि घरमा पुग्नेहरुको अबस्था अनूकुल हुँदैन।हिँजो मरेपनि आफ्नै देशभित्र मरौला भनेर घर पुगेका युवाहरुमा रोजगारीको समस्या जन्मिन्छ।एकातिर जाँदा जा्दै खालि भयकाथिए भने अर्को तिर गाउँघरमा कतै रोजगारको श्रोत नभयपछि र सरकारले पनि खासै वास्था नगर्दा उनिहरु धेरै दुखि हुँन्छन।देशमा पनि रोग फैलिँदै गयकोछ।काम सबै ठप्प छन अनि के गरेर जिवन धान्ने यो समस्याले गर्दा अब फेरी छिमेकमै पुगेर मज्दुरी गर्ने युवाहरुको योजना बन्छ।बाल बच्चाहरु भोकले तड्फिएको देख्नु भन्दा काश्मिर तिर गएर स्याउ टिप्ने पैक गर्ने र लोडगर्ने मज्दुरी पाईन्छ।म बरु उतै गएर मज्दुरी गर्छु ! भन्दै नविन साहुको घरतिर भाडा रिण खोज्न जाँदै छ।बाजे नमस्ते!नविनले लुमे साहुलाई दुई हात जोडेर नमस्ते गर्छ।आईज तँता देखिदै देखिन्श लाहूर बाट आएको ता धेरै भयो तँ!भन्दै लुमे साहुले बस्न ईसारा गर्छ।
हजूर के गरम बाजे उता बाट मरेपनि उतै स्वदेशमै गएर मोरौला भनेर आईयो यँहा आएपछि झन ठुलो समस्याले पो घेय्रो।स-साना बाबु नानिहरु छन न केहि काम न कुनै आएश्रोत यस्तै हो भने तिबाबु नानि भोकले तड्पेको देख्नु भन्दा अब काश्मिर तिर सेउको सिजन छ त्यही गएर दियाडी मज्दुरी गर्नु पर्ला भनेर हजूर हुँनी किराया भाडाको लागि आएको हुँ बाजे मता!भन्दै नविनले आफ्नो दुखेसो सुनाउँछ।म सँग पैसा उम्रिन्छर?छ्या कस्तो कुरा गर्छ यो लाहूरेपनि लाजै नमानेर!मेरो सबै काम बन्दछ हिँजो आज,तैँले देख्दैनश र?भन्दै उल्टै लुमेले आफ्नो समस्या देखाउँछ।बाजे त्यसो नभन्नुस जसरी तसरी मलाई किराया भाडाको ब्यबस्था गरिदीनु पय्रो मलाई त हजूरको मात्रै सहाराछ!भन्दै नविनले फेरी बिन्ति गर्छ।तँलाई था छ त्यो धनपतीको छोराले हात जोडेर नेरुको भारु दिन्छु भन्दै गन गन गर्थ्यो बिहानै मसँग भासि त उसैलाई दिने थिएँ!मैले उस्लाई पनि हुँन्छ भन्न सकिन।म सँग पैसा भयको भए ता दिहाल्थेनी,हिँजो त बोडरमा फसेको बेला मानननियको घरमा गयर तेरै लागि सिफारीस गरेँ तेरो स्वास्नी बिमार परेको बेला एक हजार लगेर गएको हो त्यो पनि अँझै आएकोछैन।भन्दै लुमे साहु उल्टै खन्निन्छ।
बुढा छ भनी गर्दिउ यो ता घरैको मान्छे हो।यति बेर भित्रबाट लुकेर सुनेकी लुमेकी स्वस्नीले भन्छे यसको स्वास्नीले पनि कैले कसो मेरो हात बढाउँछे!बुढिले भन्छे।तिमि सँग छ र?अलि अलि छ भने खोजेर देउ मैले के भनु।बुढाको ईसारा भयपछि बुढी भित्र गएर घरमा त जार मात्रै रैछ,हुँन्छ यस्को काम चल्छ भन्दै बुढीले बुढालाई दिन्छे। बुढाले गनेर लौ यो तलाई हो ब्याज लाग्दैन तर एक हजार त्यो र चार यो पाँच हजार भयो नेरुको भारु दीनु बुझिस।भन्दै लुमे ले पैसा दिन्छ। मलाई पनि नविर्षेश है बाबु एउटा गरम बर्की ल्याएस उनिको भन्दै बुढी भित्र तिर लाग्छे।नवीनले हौश भन्दै घरतिर लाग्छ।भोली पल्ट बिहानै उनिहरु बोडरमा पुग्न एक जत्था हिँडेका छन।
जस्लाई जिउँदै मर्ने बानी लाग्छ उस्को त कालपनि आउँदैन!मर्नु भन्दा बौलाउँन जाती भनेको त यस्तै भयर भनेको होला।नविनले आफ्नो मनमनै गनगन गर्दै अगाडी बड्छ।
(कथा काल्पनिक हो यस्का पात्रहरुको नाम र कथा निजि भबिस्यमा मेल खान गयको मा मात्र संयोग हुँनेछ।)