• २०८३ असार १३ गते शनिवार

चितवनमा संक्रमितको संख्या हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, चितवन । चितवन मेडिकल कलेज कोभिड ल्याबमा आइतबार राति गरिएको परीक्षणमा जिल्लाका १९ जना थपिएसंगै संक्रमितको संख्या एक हजार पाँच पुगेको हो । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ११ जना रहेका छन् । जसमा ७ वर्षीय बालकदेखि ७२ वर्षीया महिलासम्म रहेका छन् ।

यस्तै संक्रमण पुष्टि हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिकाका ६ जना र खैरहनीका २ जना रहेका छन् । यसैगरि मकवानपुरका ८ जना, तनहुँका २ जना र नवलपरासी पूर्वका एक जना रहेका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या ८१३ रहेको छ । १८० जनालाई कोरोना निको भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस