• २०८३ असार ६ गते शनिवार

एकैपटक ११४ न्यायाधीशको सरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २३, काठमाडौं  । न्याय परिषदले १ सय १४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । बुधबार बसेको परिषद बैठकले दुई वर्ष अवधी पूरा गरेका जिल्ला न्यायाधीशहरुको सरुवा गरेको हो ।

परिषदले हालै नियुक्त भएका २९ जना न्यायाधीशको पदस्थापन पनि गरेको छ । परिषदको निर्णय अनुसार उपत्यकाका सबै जिल्ला अदालतका कार्य अवधि पूरा भएका न्यायाधीशको सरुवा भएको छ । परिषदको निर्णयअनुसार जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनारायण प्रधान तनहुँ जिल्ला अदालतमा सरुवा भएका छन ।सुनसरी जिल्ला अदालतमा कार्यरत रही गुल्मी काजमा रहेका राधाकृष्ण उप्रेतीको गुल्मीमै सरुवा भएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक जिल्ला अदालतमा सरुवा भएको छ । काठमाडौँ दरबन्दी रही जिल्ला अदालत सुनसरीमा काजमा रहेका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको सुनसरी जिल्ला अदालतमा सरुवा भएको छ ।

जिल्ला अदालत सिन्धुलीमा कार्यरत किरणप्रसाद शिवाकोटीको ललितपुर जिल्ला अदालतमा सरुवा भएको छ भने कञ्चनपुरमा कार्यरत गोपालप्रसाद बाँस्तोलाको भक्तपुरमा सरुवा भएको छ ।धनुषा जिल्ला अदालतमा दरबन्दी रही काठमाडौँको मुख्य न्यायाधीशमा कार्यरत राजुकुमार खतिवडाको काठमाडौँमै सरुवा भएको छ ।

जिल्ला अदालत रामेछापमा कार्यरत स्वीकृति पराजुलीलाई भक्तपुर जिल्ला अदालतमा सरुवा गरिएको छ । झापा जिल्ला अदालतमा दरबन्दी रही रुपन्देहीमा कार्यरत न्यायाधीश युवराज गौतमको काठमाडौँ जिल्ला अदालतमा सरुवा भएको छ । सुनसरीमा कार्यरत इन्द्रकुमार चोङ्टेन्लीलाई पनि काठमाडौँ जिल्ला अदालतमा सरुवा गरिएको छ ।

महोत्तरीमा कार्यरत केशवप्रसाद बाँस्तोलालाई काठमाडौँ जिल्ला अदालतमा सरुवा गरिएको छ । मनाङमा कार्यरत रामचन्द्र पौडेललाई पनि काठमाडौँ जिल्ला अदालतमा सरुवा गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा नै काजमा कार्यरत प्रकाश ढुङ्गानालाई सोही स्थानमा पदस्थापन गरिएको छ ।

पर्सामा कार्यरत उद्धवप्रसाद भट्टराईलाई काठमाडौँ जिल्ला अदालतमा सरुवा गरिएको छ । सूर्यप्रसाद अधिकारी, उपेन्द्र गौतमलाई काठमाडौँ सरुवा गरिएको छ । काठमाडौँमा कार्यरत ऋषिराम आचार्यलाई सप्तरी जिल्ला अदालतमा सरुवा गरिएको छ । काठमाडौँमै कार्यरत विदुर कोइरालालाई सर्लाही जिल्ला अदालतमा सरुवा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस