• २०८३ जेष्ठ १६ गते शनिवार

आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २२, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेकाले हालदेशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा एक वा दुई स्थानहरूमा हल्का बर्षा भईरहेको छ।

विभागका अनुसार शुक्रबार दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागले देशका प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस