असार २३, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्नरहेका छ ।
१.पुर्व राजा ज्ञानेन्द्र शाहको शुभजन्मोत्सवको उपलक्ष्यमा दिप प्रज्वलन कार्यक्रममा हुने ।
स्थान:-टुसाल बौद्ध ।
समय:-९:०० बजे ।
२.केएमजी मिडिया ग्रुपमा कार्यरत श्रमिकहरुले मिडिया मालिकले लकडाउनमा कामबाट निकालेको लगायतका मागसहित धर्ना दिने कार्यक्रम ।
स्थान:-केएमजीको कार्यलय थापाथली ।
समय:-१०:०० बजे देखि १०:३० सम्म ।
३.राष्ट्रवादी नागरिक समाज नेपालले पुर्व राजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मोत्सव मनाउन र शुभकामना अर्पण गर्न नारायण गोपाल चोकमा जम्मा भई र्याली हुँदै निर्मल निवास जाने ।
स्थान:-नारायण गोपाल चोक ववमा जम्मा भई र्याली हुँदै निर्मल निवास जाने ।
समय:-१०:३० बजे ।
४.संघीय संसद,प्रतिनिधि सभा,अर्थ समितिको बैठक बस्ने ।
स्थान:-संघिय संसद सचिवालय,सिंहदरबार ।
समय:-११:०० बजे ।
५.संघीय संसद,प्रतिनिधि सभा,महिला तथा सामाजिक समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।
६.संघीय संसद,प्रतिनिधि सभा,उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।
७.नेपाली कांग्रेस सुर्यबिनायक नगरपालिका वडा नं.८ सिपाडोलले वडा कार्यालयमा वडाध्यक्षलाई ज्ञापन पत्र बुझाउने ।
स्थान:-वडा नं.८ कार्यालय सिपाडोल ।
समयः-११:०० बजे ।
८.शाही युवा शक्ति नेपालले पुर्व राजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मोत्सवको अबसरमा सुभकामना दिन गोङ्गबु चोकमा भेला जम्मा भई मोटरसाइकल र्याली सहित निर्मल निवास जाने ।
स्थान:-गोङ्गबु चोकमा भेला जम्मा भई निर्मल निवास जाने ।
समय:-१२:०० बजे ।
९.नेपाली काङ्ग्रेस (वी.पी.) ले पत्रकार भेटघाट तथा सवाल जवाफ कार्यक्रम गर्ने ।
स्थान:-पार्टी केन्द्रीय कार्यालय,सामाखुसी ।
समय:-१३:०० बजे ।
१०.हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही लगायतले निजी विद्यालयले विद्यार्थीलाई नपढाइ चर्को शुल्क असुलेको विरुद्ध र अन्य थप अान्दोलनको घोषणा गर्न पत्रकार सम्मेलन गर्ने ।
स्थान: रिपोर्टस क्लब,भृकुटी मण्डप ।
समय :-१३:३० बजे ।
११.कीर्तिपुर नगरपालिकाले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोग तथा त्रिवि वायोटेकको सहकार्यमा त्रिवि स्थित लायन्स रक्त सञ्चार केन्द्र भवनमा सञ्चालन गर्न लागेको कोरोना प्रयोगशाला (PCR LAB) को उद्घाटन गर्ने ।
स्थान:-त्रिवि लायन्स रक्त सञ्चार केन्द्र कीर्तिपुर ।
समय:-१४:०० बजे ।
१२.वीर गोर्खाली अभियानमा आवद्ध (ATF)ले पुर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव को उपलक्ष्यमा कार्यक्रम गर्ने । साथै राजा रानी अंकित टिसर्ट बाड्ने ।
स्थान:-भोजन गृह दिल्लीबजार ।
समय:-१४:०० बजे ।
१३.Enough is Enough मा आबद्ध स्वतन्त्र युवाहरूले नागरिकहरुको जीवन रक्षा र सत्याग्रहीको जीवन रक्षाको अपिल गर्दै सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने ।
स्थान:-वसन्तपुर ।
समय:-१६:०० बजे देखि १८:०० बजे सम्म ।
१४.Covid 19 Enough is Enough group मा आबद्ध स्वतन्त्र युवाहरूले कोभिड १९ को सबल व्यवस्थापन र नागरिहरूको जिवन रक्षाको लिखित प्रतिवद्धता नआएसम्म खवदारी कार्यक्रम गर्ने ।
स्थान:-धुम्वाराही चोक ।
समय:-१६:०० बजे देखि १८:०० बजे सम्म ।
१५.जनसरोजार समिति खोकनाले गरिब किसानको गाँस खोस्न पाइदैन भनि खोकना बचाउनका लागि खोकना बन्द र जनताको समस्या बारे नबोल्ने जन प्रतिनिधिहरुलाइ निषेेध गर्ने ।
१६.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २१ गते देखि सबै कार्यालयहरूमा मागपत्र छातीमा टास गरि आआफ्नो कार्यालयमा काम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।
१७.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।