बैशाख २५, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु भएको छ । शुक्रबारदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
राष्ट्रियसभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुनेछ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो ।