चैत २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको बताउनु भएको थियो ।