• २०८३ जेष्ठ ८ गते शुक्रवार

सप्ताह ब्यापी खेलकुद एंवम् पुरस्कार वितरण कार्यक्रम सुनवलमा सम्पन्न

विमल भट्टराई/ईन्दिरा विश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, सुनवल । सुनवल लोटस ईंङ्गिलस सेकेण्डेरी स्कुलको आयोजनामा सप्ताह ब्यापी खेलकुद समापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सुनवल ४ बनाहामा सम्पन्न भएको छ । विद्यालयका सञ्चालक समितिका अध्यक्ष संजय कुमार श्रेष्ठको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सुनवल लोटस ईंङ्गिलस सेकेण्डेरी स्कुलका नर्सरी कक्षा देखि ९ कक्षा सम्मका विद्यार्थीहरुको विचमा भलिबल,फुटवल, कबड्डी,टेबुल टेनिस्, म्युजिकल चियर, बेलुन ब्लाष्ट, फिल ईन द पर्ट लगाएतका खेलहरु खेलाईएको थियो । साथै विद्यालयका शिक्षक एंवम् अभिभावकहरुलाई म्युजिकल चियर खेल खेलाईएको थियो । यसका साथै खेलमा सहभागी विजेता हुने विद्यार्थी,शिक्षक तथा अभिभावकहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

शिक्षक पिताम्बर गैरेले सञ्चालन गर्नुभएको कार्यक्रममा अभिभावक, पुर्व विद्यार्थी, पत्रकार विमल भट्टराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक श्याम सिंहले स्वागत मन्तब्य, प्रधानध्यापक नरिश्वर शर्मा पौडेल, सल्लाहाकार शिक्षक तिलक राम ढकाल लगाएतले मन्तब्य राख्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस