• २०८३ कार्तिक २८ गते शुक्रवार

प्रम ओलीको समर्थनमा कलंकीमा बृहत प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २१, काठमाडौँ । स्थायी कमिटी बैठकबाट प्रधामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन खोजेपछि केही दिनअघि देखी देशभर प्रधानमन्त्री ओलीको पक्षमा बृहत प्रदर्शन भइहेको छ । प्रदर्शनकै क्रममा स्वतन्त्र युवाहरुले आज काठमाडौँको कलंकीमा हजारौंको संख्यामा उपस्थित युवाहरुले प्रधानमन्त्री ओलीको प्रक्षमा प्रदर्शन गरेका हुन ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजिनामा मागेसँगै देशभर ओलीको समर्थनमा माहोल बनेको छ । भारतीय ग्राण्ड डिजाईनमा हटाउने खेल खेलीएको भन्दै युवाहरुले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनताको पक्षमा चट्टानी अडान बोकी अघि बढ्नुभएका प्रधानमन्त्री ओलीलाई दुर्व पदबाट हटाउन खोज्नु भनेको आम नेपालीको राष्ट्रियतालाई नै समाप्त पार्ने खेल खेलेको भन्दै युवाहरुले आक्रोस व्यक्त गरेका छन् । प्रदर्शनका क्रममा युवाहरुले छिमेकी देश भारतको स्वार्थ बोकेका केही नेताले नेकपाको स्थायी कमिटीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा मागेसँगै प्रधानमन्त्री ओलीको समर्थनमा कलंकीमा वृहत प्रदर्शन गरेका हुन् । राष्ट्रियता तथा विकासको सवालमा चट्टानी अडानका साथ अघि बढ्दै जनताको लामो विकास प्रतिको चाहना पुरा गर्ने एक मात्र नेताको रुपमा स्थापीत हुँदा जानुभएका प्रधानन्त्री ओलीको राजिनामा माग्नु भारतीय दलालहरुको गोटी भएको भन्दै जनता आक्रोसित भएका छन् ।

कार्यक्रममा स्वतफूर्त रुपमा सयौंको संख्यामा रहेको प्रदर्शनमा नेपालका भारतीय दलाल मुर्दावाद, सत्य मेव जायते की सिंह मेव जयते, प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर लगायतका राष्ट्रिय भावले ओतप्रोत भएका नाराका पोस्टरहरु बोकिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस