• २०८३ साउन ३१ गते आइतवार

नापी कार्यालयका सर्वेक्षक रामनरेश ७५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २२ काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं. नापी टोलीको कार्यालय वीरगञ्जबाट पासवानलाई सोमबार पक्राउ गरेको हो ।

अख्तियारका अनुसार, वीरगञ्ज–९, रानीघाटस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुनः नापी जग्गाधनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेका थिए । पासवानले घुस मागेको सूचनापछि स्ट्रिड अप्रेसन गरेको अख्तियारको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस