• २०८३ बैशाख ३१ गते बिहिवार

विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष , २२  काठमाडौँ । ‘विप्लव’ समूहका नुवाकोट जिल्ला सेक्रेटरी अशोक भन्ने विन्तोष सिलवाल सोमबार तार्केश्वरको पैयुटारबाट पक्राउ परेका छन् ।

२०७५ साउन ८ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काभेटरहरुमा आगजनि गरी क्षति पुर्याएको आरोपमा सिलवाललाई प्रहरीको विशेष ब्यूरोले पक्राउ गरेको हो ।

सिलवाललगायत अन्य व्यक्तिहरुले कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी गरेका थिए । पक्राउ परेका सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस