• २०८३ बैशाख ३ गते बिहिवार

रोकी राखेको मिनीट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २२ चितवन । चितवनमा रोकी राखेको मिनीट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार राति रत्ननगर नगरपालिका-४ देबैलीमा सडक किनारमा रोकी राखेको ना ५ ख ६४४५ नम्बरको मिनी ट्रकमा ना ३८ प ८३२८              नम्बरको  मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक अन्दाजी २९ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका युवकको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको र मृतकको सनाखत हुन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस