• २०८३ असार १३ गते शनिवार

सत्यसँग नलड्ने र शक्तिसँग कहिल्यै नझुक्ने : प्रधानमन्त्री केपी शर्मा ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा०)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग कहिल्यै नझुक्ने आफ्नो धारणा रहेको चर्चा गर्दै “सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो, सत्य व्यक्त र संस्थाका सहि विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्न् भएको छ । अन्तरिम हैसियतमा बनेका पार्टी कमिटीहरु एकता महाधिवेशनसम्म सहमतिकै आधारमा चल्नुपर्ने बताउर्दै पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा आइतबार लिखित पत्र पेश गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा भन्नुभएको हो ।

“महाधिवेशन सम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसैअनुरुप सहमतिका आधारमा चल्नु पर्दछ” पत्रमा अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ । अत्यन्त उज्ज्वल सम्भावना बोकेको नेकपा अहिले इतिहासकै गम्भीर संकटमा पुगेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले पार्टीको आफ्नै कारणले पार्टी संकटमा पुगेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “यो संकट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने केही व्यग्र नेतृत्वमोहका कारण निम्तिएको हो ।”

आफूलाई स्थायी कमिटीका साथीहरुप्रति विश्वास रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले यसअघि पनि भदौ २६ गते पनि पार्टीको संकटलाई सकुशल अवतरण गराउनुभएको स्मरण गर्नुभएको छ । पार्टीको संकटपूर्ण अवस्थालाई सक्रिय पहलकदमी र सकारात्मक हस्तक्षेपबाट निकास दिनुहुने विश्वास पनि उहाँले गर्नुभएको छ ।

Doc1 (1)

Sharing

प्रतिक्रिया दिनुहोस