कार्तिक २१, वीरगञ्ज । भारतबाट नेपालभित्र्याइएको पटाका प्रहरीले वीरगञ्जमा बरामद गरेको छ । रक्सौलबाट विभिन्न किसिमको पटाका खरिद गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको पटाका पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ना. २ ह. ३०४६ नम्बरको अटो रोकी चेकजाँच गर्दा २ वटा प्लाष्टिकको बोरामा विष्फोटक पदार्थ पटाका १०–१० वटा बन्डल, १००० वटा प्याकेट पटाका, ना. २ ह. ३०४६ नम्बरको अटो र साइकल थान १ सहित बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ विस्फोटक पदार्थसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ ।