मंसिर १९, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंह ज्यूले महानगरीय प्रहरी वृत्त महाराजगंजको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक बिषयबस्तुमा निर्देशन सम्बोधन गर्नु भएको छ ।

निर्देशनका क्रममा परिसर प्रमुख ज्यूले प्रहरी सदैब नागरीक सेवा मुखी भई नागरीकलाई नै सर्वोपरि ठान्दै काम गर्नका साथै बोली व्यबहार नरम तर कानुन कार्यान्वयनमा प्रहरीलाई कठोर बनेर अगाडी बढ्न निर्देशन दिनु भएको छ । यसै क्रममा समाजमा गुण्डा गर्दी , चन्दा आतंक, फिरौती , धाक ( धम्की लगायतका गतिबिधिहरु निर्मुल पार्न सके मात्र समाज शान्त र भय रहित हुने र सो कार्य केबल नेपाल प्रहरीले मात्रै गर्न सक्ने हुंदा सो तर्फ नडगमगाई काम गर्न निर्देशन दिनु भएको छ ।

उक्त निर्देशन सम्बोधन कार्यक्रममा महाराजगंज वृत्तका प्रमुख लगायत प्रभाग बूढानीलकण्ठ, प्रभाग गोंगबु सहित अन्य वृत्त मातहत प्रहरी युनिटका प्रमुखहरु र अन्य प्रहरी कर्मचारीहरु सहभागि हुनु हुन्थ्यो ।
