• २०८३ बैशाख २३ गते बुधवार

गजल

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

रोगको भन्दा बढी भोकको पीर हुँने रैछ,
यो पेट पनि सबैभन्दा ठुलो भीर हुँने रैछ।

कुरा बुझ्न नसक्दा मज्दुर आपसमै लडे,
ठुलो दुश्मन गरिबको ता अमिर हुँने रैछ।

हिँजो मरेपनि आफ्नै माटोमा मर्छौ भन्ने,
फर्किदा भन्छन कस्तो तकदीर हुँने रैछ।

मान्छे ले कतै निकास नपाएपछि भन्यो,
आफैलाई कोस्दै कर्मकै लकिर हुँने रैछ।

जब भोकले चिल्लि बिल्लि गर्छन बच्चा,
बा आमाकै आँखा भित्र तस्विर हुँने रैछ।

चाहिदैन कुनै औजार मुटु रोप्ने कसैलाई,
बाल बच्चाको आँशु समेत तीर हुँने रैछ।

Sharing

प्रतिक्रिया दिनुहोस