• २०८३ बैशाख ४ गते शुक्रवार

क्वारेन्टाइनमा रहेका महिलाहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण

भावना हमाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, दैलेख । दैलेखका क्वारेन्टाइनमा रहेका महिलाहरुलाई निशुल्क सेनिटरी प्याड बितरण गरीएको छ ।A & B सेनिटरी प्याड उद्योग नेपालगन्ज, अफेडहिन कन्सलटेन्सि एण्ड टेनिंग सेन्टर काठमाडौँ र सेडा नेपाल दैलेखको सयुक्त सहयोगमा निशुल्क सेनिटरी प्याड बितरण गरीएको हो ।

कारोना भाइरस (कोभिड १९) का कारणले क्वारेन्टाइनमा रहेका महिला तथा दिदीबहिनीहरुको मर्यादित महिनावारी लाई मध्यनजर गर्दै महिनावारी हुदाँको पीडा र समस्यालाई ध्यानमा राखी निशुल्क सेनिटरी प्याड बितरण गरीएको छ ।

No description available.

सबै भन्दा धेरै कारोनाको जोखिम कर्णाली प्रदेशमा भएकाले प्रदेशको दैलेख जिल्लाका केहि स्थानीय तहमा क्वारेन्टाइनमा बसेका महिनावारीको समस्या झेलेका दिदिबहिनीहरुलाई स्वास्थ्य रहनको लागी सेनिटरी प्याड बितरण गरीएको सेडा नेपाल, दैलेखकी अध्यक्ष लक्ष्मी भट्टराईले जानकारी दिनुभयो ।

No description available.

दैलेख जिल्लाको गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमुले गाउँपालिका र दुल्लु नगरपालिकामा ६०-६० प्याकेटको दरले निशुल्क सेनिटरी व्याड वितरण गरिएको सेडा नेपाल, दैलेखकी कोषाध्यक्ष सपना प्रधानले जानकारी दिनुभयो । क्वारेन्टाईनमा रहेका महिला दिदी बहिनीहरूको स्वास्थ सुरक्षा, मर्यादित महिनावारीको लागि र महिनावारि भएको समयको समस्या आफैले झेलेको करण आफ्नै निजि लगानिमा सहयोग गरेको लक्ष्मी भट्टराईले बताउनुभयो ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस