• २०८३ बैशाख ६ गते आइतवार

प्रहरीले २१ किलो गाजा र भारतीय कारसहित एकजना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

पुस २१ हेटौंडा । नेपाल प्रहरीले आज राती १ बजे पूर्व पश्चिम लोकमार्गको सडक खण्ड अन्तर्गत मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. १९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानी अगाडी २१ किलो गाजा र भारतीय कारसहित दुईजना पक्राउ गरेको छ ।

पुर्व पश्चिम लोकमार्गमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको चेकिङ टोलीले मनहरीतर्फबाट हेटौडा तर्फ जाँदै गरेको BR06BG 9512 को भारतीय नम्बरको कारमा चेकजाच गर्दा २१ केजी गाँजा फेला परेको हो ।

सवारी साधन नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको पछाडीको सिटमुनी डिकिमा लुकाई छिपाई ल्याएको ५ वटा पोकाहरूमा २१ किलो लागू औषध गाँजा फेलापरेको हो । कार चालक धनुषा जिल्ला मुख्यापट्टी गा.पा. वडा नं. ६ बस्ने वर्ष ४२ को असोक कुमार यादव र उक्त कारमा सवार मकवानपुर जिल्ला मनहरी गा.पा. वडा नं. ९ बस्ने बर्ष ४० को राज कुमार मोक्तानलाई गाँजा र कार सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्र.ना.नि. राजेश कुमार यादवले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस