भर्खर लाला बाला ल्याएर माईली घर पुगिन र गाई भैँसी आ-आफ्नो ठाउँमा बाँधेर गोठ बाट भाईर निस्केकै थिईन भाईर तिनजना पुरुषहरु पेटीमा बसेको देख्दा आचार्या पर्छिन रवी साथमा थिएनन।होन हो केहिन केहिता संकट आईलाग्नेछ भनेर उन्ले मनैमनमा सोँज्दै थिईन । अरु त चिनिन कोहुँन थाहा भैन।
तर उनि मध्या एकजना चिनेका आफ्नै नाता पर्ने थिए।माईलीले ढोग गर्छिन।कसरी पाल्नु मयो ता आज भाजे धेरै दिनमा?माईलिले सोध्छिन।माईली हामी भैँसी लिन आएका हौँ!भन्दै पार्दे जेठा उभ्भिन्छन।भर्खर एक साता भयको थियो ठुटे भैँशी ब्याएको घरमा स-साना बालखहरु थिए एउटा काखको नानी देखाउँदै बाजे यति स्यानो नानिछ अनि हजूरले भैँशी लगेपछि यो बाबुले केखान्छ?भन्दै माईली गन-गन गर्छिन र न लग्न बिन्ति गर्छिन।हेर माईली यो ता तिम्रो बुढालाई सोँच्नु पर्ने घरमा स्यानो बच्चा छ भनेर हामिलाई के मतलब भन त?पार्धे ठुलाले अलि जर्किदै भन्छन।हो हुँनता तरपनि थोरै दया हजूरले पनि त गर्नु पर्थ्यो ज्वाडेलाई पैसा दिँदैन भन्न सक्नु पर्थ्यो नी!माईलीले मलिन स्वरमा बिस्तारै भन्छिन।अलि बेर सम्म बिन्ति गर्छिन,तर उस्ले मान्दै मान्दैन।रवी एक साता देखि घरमा थिएनन् उनि घरमा आउँने भन्दा पहिले एक हाप्ता सम्म उन्ले गरेको कामको रिजल्ट आई सकेको थियो।उनि एक नम्वरका जुवाडे थिए जुवामा उन्ले लैनो भैँसी हारेका रैछन।
माईली तिम्रो लोग्नेले तास खेलेर भैँशी फालेपछि हामिले त लग्नु पय्रोनी !भाई हो फुकाओ भैँशी भन्दै आफु सँगै आएका मान्छेलाई उन्ले आदेश दिन्छन।खबर दार कसैले मेरो गोठमा गएर मेरा गाई भैँशीलाई हात लगायो भने उस्को टाउका फोर्छु मैले!भन्दै नजिकै ठुलो ढुँगामाथी राखेको बञ्चरो उचालेर माईली अगाडी बढेपछि उनिहरु फर्केर पेटीमा बस्छन।सबै शान्त हुँन्छन एकैछिन त्यँहा सन्नाटा छाएको जस्तै हुँन्छ।माईली सुन हामि तिम्रा दुश्मन होईनौँ तिम्रो मन लाई दुखाउँन आएका होईनौ तर रवीले जुवामा हारेपछि तिम्ले दिन्न भनेर हुँदैन खुरुक्कै भैँशी फुकाई देउ हामि लडाई झग्डा गर्न आएका होईनौ!भन्दै बिन्रमता पूर्वक सम्झाउँन थाल्छन।
माईलीले अलि बेर सोँचेर बाजे हजूर जस्तो मान्ननिए ब्याक्तिले कम्तिमा मेरो बुढा न आउँदा सम्म यसरी भैँसी फुकाउँन मिल्छ कि मिल्लैन निदार खुम्चाएर सोँच्नुश भन्दै चर्किन्छिन।घरको गोँशाले बेचि सकेपछि तिम्ले भनेर हुँदैन! भन्दै पार्धे ठुलो अडेकै छ।माईलीले भने भैँशी लग्न दिएकि छैनन।आखिर उन्का बच्चाहरु ले केखाने दही दुध मुही बिना कोईपनि भाग बस्दैनन।साँज झमक्कै हुँन थाल्यो एकछिनको खिचातानी पछि रवी पनि आई पुगे।दिउ मैले भनेनी म बाट भुल भैसकेको छ जवान दिई सकेको छुँ!भन्दै रवीले सम्झाउँछन।तँपाईले भोली जुवामा मलाई हारेर आएपछि म सँगै जाने ?के भन्न खोज्नु भयो घरको समपत्तिमा यि बाल बच्चाको कुनै अधिकार छैन मैले दिनरात लाला बालाको स्यार शुसार गर्छु उन्को लागि झरी भनिन जाडो भनीन घाम भनीन के मेरो कुनै हक अधिकार छैन।धिकार हो यो पुरुष प्रधान समाज जँहा महिला लाई कुनै हक छैन! भन्दै माईलीले आँसुका ढीका खसाल्छिन।उन्को बिचार सुन्दा र उन्लाई देख्दा ढुङ्गा पनि पग्लेला तर उनिहरुलाई दया आएन।
रवीले भैँशी खोलेर उनिहरुलाई दिन्छन ठुटे भैँशी माईली तिर हेर्दै आँखा बाट आँसु बगाएको थियो मानौ उसले माईलीको दुखः बुझेको थियो।माईलीलाई आफ्ना बच्चा को चिन्ता थियो ए कालु बचाउ आफ्ना बालबच्चा भन्दै माईली ढुँङ्गाको माथि बसेकै थिईन यता ति पार्धे ठुला सँगै उनिहरुले भैँशी डोराउँदै भर्खर खोर्या सम्म पुगेकै हुँदाहुँन कालु गाईले बाच्छि पाउँछ।
रवी त्यो देखेर अचम्भित हुँन्छन । आखिर भर्खर ठुटे भैँशी घर बाट बिदा हुँन्छ उत्रिखेरै कालुगाई ब्याउँदा सबैले माईली लाई त कालु गाईलेपनि साथ दियो भन्दै ठट्टा गर्छन।यति बेर उदाश माईलीको अनुहारमा उज्यालो को प्रकाश आएको जस्तै थियो।मान्छेले आफ्नो ति दुध मुँहका बच्चाहरु को खयाल नगरि आफ्नो ऐयाशि पुरागर्छन तर हेर त्यो पसु एउटा रुँदै रुँदै बिदा हुँन्छ।केगरुश उ बोल्न सक्दैन बिद्रोह गर्न सक्दैन उस्तै कालुगाई ब्याएर तिनि स साना बचँचाहरुलाई निस्तो बाट जोगाउँछ।