• २०८३ जेष्ठ २० गते बुधवार

गठबन्धन बैठक : सिट बाँडफाँटबारे लागेन टुंगो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौँ । सिटबाँडफाँटबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित थिए ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन् । तर उनीहरु सहमतिमा पुग्न सकेका छैनन् । आजको बैठकमा सिट बाँडफाँटका आधारहरूमाथि छलफल भएको थियो । बैठक भोलि पुन: बस्ने जनाइएको छ ।

बिरामी भन्दै सिटौला बाहिरए पछि सिटवाँडफाँट टुंगोमा पुगेन
संघीय संसद र प्रदेश संसदको निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो ९ भदौंमा हुने भएको छ । मंगलबार बसेको बैठकमा संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएको भन्दै बाहिरिए पछि ९ भदौंमा अन्तिम रुप दिने गरी बैठक बिना निष्कर्ष सकिएको हो ।

२०७४ सालको समानुपातिक मत परिणामलाई केन्द्रमा राखेर सिटवाँडको अन्तिम गृहकार्य गरिरहेको सत्तारुढ गठबन्धनको कार्यदलले झन्डै तीन साता देखी सहमतिको प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुन: बस्नेगरी टुंगिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस