• २०८३ असोज ६ गते मङ्गलवार

सुरेन्द्रका केही साइनोहरु

सुरेन्द्र शाही (गुलाब कान्छो) पढ्न लाग्ने समय : १ मिनेट

१.
जिउमा छिद्र बर्को
स्पर्श गर्छन् बाछिटाहरु
फलाम जस्तै साह्रो गरीबी ।

२.
अभिशप्त याम यो
कस्तो छ तमासा हेर
वरदानी ती देउताको ।

३.
विचरा बालबच्चा
सिंदुर फुल्ने सिउँदो
लिएर गए सपना ती ।

४.
कठपुतली आमा
प्लास्टिकका लाम्टा चुसे
मूल्य किन दश धाराको रु

५.
खै त मेरो खुकुरी
बचाउनु छ सिमाना
जाउँ नेपाली सबै मिली ।

६.
खै मुटु छ की छैन
पित्त हाराएको मान्छे
मृगौला त ताजै होला है रु

७.
कलेजोमा भ्वाङ त्यो
फोक्सो पुरै छिद्र भयो
कुलतले त ज्यानै गयो ।

बाजुरा

Sharing

प्रतिक्रिया दिनुहोस