• २०८२ असार ५ गते बिहिवार

थवाङ गाउँपालिका स्तरीय वार्षिक परिक्षा फाल्गुन २२ गतेबाट सन्चालन हुने

पढ्न लाग्ने समय : २ मिनेट

पौष २०, रोल्पा । थवाङ गाउँपालिकामा सन्चालन रहेका विध्यालयहरुले २०७६ सालको वार्षिक परिक्षा आउदो फाल्गुन २२ गते बाट सन्चालन गर्ने भएका छन् । युवा, खेलकुद तथा शिक्षा विकास शाखा प्रमुख भिमसेन बुढा मगरको अध्यक्षता गाउँपालिकाको कार्यालयमा बसेको छलफल कार्यक्रमले वार्षिक परिक्षा ,गाउँपालिका स्तरीय कक्षा ८ को परिक्षा र एस.इ.इ को सेन्ट अप परिक्षा को बारेमा छलफल गरेको हो ।


गाउँपालिकाका अध्यक्ष बिर वहादुर घर्ती,उपाध्यक्ष रामकिरणी रोका,३ नं. वडा अध्यक्ष भिम बहादुर रोका,प्रमुख प्रशासकिय अधिकृत रेवत वहादुर बुढाथोकी एवम थवाङ गाउँपालिका सन्चालनमा रहेका विभिन्न विध्यालयका प्रधानध्यपक तथा विध्यालयका शिक्षकहरुको उपस्थितीमा छलफल कार्यक्रम सम्पन्न भएको हो । कक्षा १ देखी कक्षा ९ सम्मलाई फाल्गुन २२ गते देखी चैत्र ४ गते सम्म सन्चालन गर्ने भएको छ भने उक्त परिक्षा सन्चालनको लागी सोही छलफल कार्यक्रमबाट युवा,खेलकुद तथा शिक्षा विकास शाखा प्रमुख भिमसेन बुढा मगरको संयोजक रहने गरी १३ जनाको गाउँपालिका स्तरीय परिक्षा समिती समेत गठन गरिएको छ ।

३ वाट माध्यामिक विध्यालय रहेको यस गाउँपालिकामा एस.इ.इ को सेन्ट अप परिक्षाको वारेमा भने ती तीनवाट विध्यालयले सहकार्य गरेर परिक्षा मिती तोक्ने भएको छ ।
उक्त वार्षिक परिक्षा सन्चालनका लागी गाउँपालिकाले रु एक लाख रुपैया दिने गाउँपालिका अध्यक्षले घोषण गर्नु भएको छ । परिक्षा समितीलाई रकम दिने घोषण गर्दै गा.पा अध्यक्षले भन्नु भयो संघिय र प्रदेस सरकारले शिक्षा ऐन निर्माण नगरेर हामीलाई काम गर्न असहज भएको छ नत हामीले आफै ऐन निर्माण गरेर काम नै गर्न सक्ने अवस्था छ नत माथिल्नो सरकारले ऐन कानुन नै निर्माण गरेको छ ।

हामीलाई शिक्षामा आएको वजेट समेत कार्यनोयन गर्न असज भैरहेको अवस्था छ सायद अव छिटै यो समस्या हल हुन्छ भन्नेमा हामी आशावादी रहेका छौ ,परिक्षा समिती गठन भएको छ यो समितीले परिक्षालाई परिक्षा प्रभाकारी र मर्यादिन बनाउनु पर्छ अध्यक्ष घर्तीले भन्नु भयो ।
३ वटा माध्यमिक विद्यालय, ५ वटा आधारभुत विद्यालय, १३ वटा प्राथमिक विद्यालय र ३ वटा बाल विकास केन्द्र गरि २४ वटा सामुदायिक विद्यायलहरु छन भने १ निजी विध्यालय यस गाउँपालिकामा सन्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस