• २०८३ मङ्सिर १ गते सोमवार

होस्टेलको छात्रा गिजरमा नुहाउँदा मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 पौष , २० ललितपुर। ललितपुरमा होस्टेलको छात्रा गिजरमा नुहाउँदा बेहोस भएर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सातदोबाटोस्थित सरिबा गर्ल्स होस्टेलमा बस्ने पर्साकी १९ वर्षीया जोनित चौहानको आइतबार होस्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोस भएकी थिइन् ।

बेहोस भएकी उनलाई तत्काल पाटन अस्पताल लगिए पनि उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस