• २०८३ बैशाख १० गते बिहिवार

गजल!

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

आमा बा भन्दा अर्कैको अधिकार भएपछि,
बिर्षिय बाँच्ने उन्को त्यही आधार भएपछि।

जन्मायौ पाल्यौ त्यो तिम्रो फर्ज मात्र थियो,
केगर्छौ उन्लाई बृद्धाकै सरिर भार भएपछि।

बुझिदेउ यँहा त महंगाईको जमानछ आज,
बुढा बुढि बिन बृद्धाश्रम नाङ्गेझार भएपछि।

मरे मर बाँचे बाँच अब तिम्रो काम सिधियो,
भन्छन स्यार शुशार गर्न दिक दार भएपछि।

आफ्नो कात्रो समेत किनेर मर्नु बुढा बुढीहो,
अन्तिम सँस्कार नि त्यहि अनुसार भएपछि।

छोरा लाई बिदेश पठाउँछ बाले रिण काडेर,
के गरोस उस्ले स्वस्निकै माग हार भएपछि।

गर्दै जान्छन छोरा को क्रतब्य यहि ता होला,
आमा बाको हाड छाला मा ब्यपार भएपछि।

कसरी बाँचुन ति बुढा बुढी आमा र बाबाहरु,
हेर त आफ्नै त्यो घरपनि कारागार भएपछि।

Sharing

प्रतिक्रिया दिनुहोस