कार्तिक १८, सल्यान । सल्यानको छत्रेश्वरी ६ लान्तीस्थित सडकमा रा.३ प ४६४९ नम्बरको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । दाङ तुल्सीपुरका करिब २६ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो । मृतकको नाम, थर खुल्न नसकेको प्रहरीले बताएको छ ।
मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।