पानीको खानि समेत सुकेको बगर भयो,
बिदेशी बस्तु को मण्डि हाम्रो सहर भयो।
देशका शन्तान बिदेशमै कुल्लि भए पछी,
मालिक ता यो देश मा हेर्नुश तस्कर भयो।
भरि भराउ छन बिदेशी यो देशभित्र आज,
आफ्नो शन्तान सदियौँ देखि बे-घर भयो।
नागरिकहरु मलाया कोई खाडिका मज्दुर,
भोली न घर न घाट हुँने सदै भरी डर भयो।
सदियौँ लडेर जोगाएको हाम्रो देश त आज,
लाछि नेताले गर्दा ब्यबस्था झन गदर भयो।
हामीहरु सदियौ ईमानदारी र बफादार हुँदा,
त्यहि ब्यबहार हाम्रै पिठ्यूँको खञ्जर भयो।
नेताकै गलत नीतिले आत्मनिर्भर हुँनसकेन,
बिकाश बिना हाम्रो यो देश पर निर्भर भयो।