कार्तिक १७, मुगु । जनता आवास कार्यक्रम अन्तर्गत मुगुका४ वटै स्थानीयतहका दतिल बस्तीका ३ सय ५० जनता आवास घर निर्माणाधिन अवस्थामा रहेका छन् । कर्णालीप्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति गरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधीनयाँ घर सम्पुर्ण निर्माणको लागि केन्द्र सरकारले समयमै किस्ता र कम भुक्तानि नगर्दा सो जनताआवास कार्यक्रम अन्तर्गतका घर हाल निर्माणाधिन अवस्थामा रहेका हुन ।

जम्मा ११ करोड ३ लाख ५० हजार लागतमागतआर्थिक वर्ष २०७५-७६ माजम्मा २ करोड ९० लाख ५० हजार पहिलो किस्तामा जुम्ला बाट आएको थियो भने त्यस्तै गतआर्थिक वर्ष २०७६/७७को दोश्रो किस्तामा ३ करोड ४० लाख रकम बराबरको जनताआवास घर निर्माण भई हाल सो भर निर्माणाधिन अवस्थामा रहेको पुर्वाधार विकास कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को जम्मा ५ करोड ९० लाख रकम संघ बाट आउन बाँकि रहेको जानकारी दिएको छ । एकातिर नेपाल सरकारले गएको चैत ११ गते लकडाउन अर्थात बन्दाबन्दि गरेपछि र संघ बाट आउने सो रकम पनि समयमै नपुग्दा अहिले मुगुका जनता आवासका घर निर्माणाधिन अवस्थामा रहेको पुर्वाधार विकास कार्यालय मुगुका सब ईन्जिनियर लक्ष्मि बहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार जसमा छायानाथ रारा नगरपालिकाका १ सय ५८ , मुगुमकार्मारोंग गाउपालिका ११ , सोरु गाउपालिकामा ६५ , र खत्याड गाउपालिकामा १ सय १६ भवन गरि जम्मा ३ सय ५० घर निर्माणाधिन अवस्थामा रहेको पुर्वाधार विकास कार्यालय मुगुका सामाजिक परिचालक देवेन्द्र विष्टले जानकारी दिए ।
उनका अनुुसार सो घर निर्माणका लागि रु तीन लाख ३२ हजारका दरले वितरण गरिएको छ । जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि यहाँका गरिब तथा विपन्न दलित घरपरिवार खुशी भएका छन् । वर्षौंदेखि पम्परागत घरमै बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुशी भएका हुन् ।
सरकारले जनता आवास कार्यक्रम मार्फत घर बनाइदिए पछि खुशी भएको यहाका दलितहरुले बताएका छन् । वर्षौंदेखि माटोको घरमा बस्दै आइरहेको भए पनि हाल छाना मुनि बस्न पाउँदा निकै खुशी लागेको उनीहरुले बताएका हुन ।
हामीजस्ता गरिब घरपरिवारले त्यस्तै घर निर्माण गर्न सपनाजस्तै थियो, पानी परे पूरै घर पानी मात्र हुन्थे अब ढुक्कले छानामुनि बस्न पाइएको र घर पाउँदा जति पानी र हिउँ परे पनि ढुक्कले छानामुनि बस्न पाएको जनाइएको छ ।