• २०८३ जेष्ठ २ गते शनिवार

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७ , एजेन्रसी। विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । आज बिहानसम्म विश्वमा १२ लाख ५ हजार ४४ जना संक्रमितको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु संयुक्त राज्य अमेरिकामा भएको छ । त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट २ लाख ३६ हजार ४७१ जनाले ज्यान गुमाइसकेका छन् । आइतबार अमेरिकामा ३९९ संक्रमितको ज्यान गएको छ भने ७१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अहिले अमेरिकामा ३१ लाख ३३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको बताइएको छ ।

दोस्रो बढी मृत्यु हुनेमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल रहेको छ । त्यहाँ सोमबार बिहानसम्म कोरोना भाइरसका कारण १ लाख ६० हजार १०४ जनाले ज्यान गुमाएका छन् । आइतबार त्यहाँ २०२ जनाको मृत्यु भएको छ भने १० हजार १०० नयाँ संक्रमित थपिएका छन् । हाल ब्राजिलमा सक्रिय संक्रमित भने ४ लाख ४ हजार ६५९ मात्र रहेका छन् । तेस्रो बढी मृत्यु हुनेमा एशियाली मुलुक भारत रहेको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण १ लाख २२ हजार ६४२ जनाको मृत्यु भएको छ । त्यहाँ आइतबार मात्र ४९३ जनाले ज्यान गुमाएका छन् भने ४६ हजार ४४१ नयाँ संक्रमित थपिएका छन् । हाल भारतमा ५ लाख ६३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस