• २०८३ असार १ गते सोमवार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७, काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरूसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

बैंकले ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा १० प्रतिशत, धुलिखेल माउण्टेन रिर्सोट धुलिखेल होटल तथा रिर्सोट १० प्रतिशत, स्तुपा रिर्सोट नगरकोट होटल तथा रिर्सोटमा १५ प्रतिशत, जम्बाला रिर्सोट खोटाङ्ग होटल तथा रिर्सोटमा १५ प्रतिशत, ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन होटल, रिर्सोट तथा स्पा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनी काठमाडौं रेस्टुरेन्ट १५ प्रतिशत, देव कर्नर ज्वेलरी काठमाडौं गरगहना सम्बन्धी सेवा ३० प्रतिशतसम्म छुट दिने सहमति भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले माथि उल्लेखित व्यवसायिक संस्थाहरूबाट सेवा लिदा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस