कात्तिक २०, नुवाकोट । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार ३५ पुरुष र २५ महिलामा कोेरोना संक्रमण देखिएको हो ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ सय ७३ पुगेको छ जसमध्ये ४ सय १० पुरुष र एकसय ६३ महिला रहेका छन् । हालसम्म २२३ जना जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । संक्रिय संक्रमितको संख्या ३४७ रहेको छ ।