• २०८३ बैशाख २६ गते शनिवार

मकवानपुर प्रहरीको ठूलो सफलता : लागू औषध गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, मकवानपुर ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले लुकाई छिपाई राखेको अवस्थामा लागुपदार्थ बरामत गरेको छ । बुधवार बिहान अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको अधारमा भिमफेदी गा.पा ९ ढुङ्गेन नजिकै भित्री बाटोको छेउ खोल्सीमा लुकाई छिपाई राखेको ९ वटा बोराहरू बेबारिसे अवस्थामा फेला पारेको हो ।

No description available.

उक्त बोराहरू खोली हेर्दा बोराहरू भित्र १८ वटा बण्डल बनाई प्लाष्टिकमा प्याकिङ् गरी राखेको लागू औषध गाँजा २२९ के.जी. बरामद गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएको र उक्त कार्यमा संलग्न ब्यक्तीहरुको खोजी भइरहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौँरले बताएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस