कार्तिक १६ मुगु । पार्टीको संसदिय दलको नेतामा अविश्वशको प्रस्ताव दर्ता भएपछि चुलिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवादले थप उग्र रुप लिएको छ । गएको कार्तिक ७गते दलको बैठकमा आफूमाथिको अविश्वास प्रस्ताव बहुमतले अस्विकृत गरेर देखाएकामुख्यमन्त्रीशाहीले दलकौ बैठकमा अनु पस्थितहुने पार्टी अध्यक्ष केपीशर्मा ओलीपक्षियदुई मन्त्रीहरुलाई आज बर्खास्त गर्नेै तयारी गरेपछि नेकपा विवादले थपउग्र रुप लिएको हो ।
आफू संलग्न सरकार प्रमूख (मुख्यमन्त्री) विरुद्धको प्रस्तावमाथि टुंगो लाग्ने बैठकमै अनुपस्थितभएका कर्णालीप्रदेशका सामाजिक विकामन्त्रीदल रावल र उद्योग, पर्यटन तथावन, वातावरणमन्त्री नन्दसिंह बुढाप्रति आक्रोस भएका मुख्यमन्त्री शाहीलाई तत्कालै बर्खास्त गर्न पार्टी भित्रबाट समेत दवाव खेपेकामुख्यमन्त्रीशाहीले दशैं लगत्तै मन्त्री मण्डल हेरफेर गर्ने भन्दै आफूलाई समर्थन गर्ने सांसदलाई आश्वस्त पारेका थिए ।
कार्तिक ७ गते बसेको कर्णाली प्रदेश संसदीय दलको बैठकको मर्म अनुसार नैं मुख्यामन्त्री शाहीले आज अविश्वासको प्रस्तावमा साथनदिने दुई जना मन्त्रीलाई बर्खास्तको तयारी थाल्नु भएको मुख्यमन्त्री शाहीपक्षिय एक नेताले जानकारी दिए । आफै सहभागिभएको सरकार विरुद्धको अविश्वासकाृ प्रस्तावमा साथनदिने मन्त्रीलाई नैतिकताका आधारमा पनि राख्नहुदैन भन्ने पार्टी केन्द्र (कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल) र प्रदेशका माननियज्यूहरुको रायका आधारमा मुख्यमन्त्रीले प्रदेश सरकारका मन्त्रीको जिम्मेवार हेरफेरको कुरा अघि बढाउन खोज्नु भएको हो, ती नेताले भने, प्रदेश सरकार अब पार्टीको प्रचण्ड बहुमतकाआधारमा अघि बढ्छ ।
मन्त्री मण्डल हेरफेर भएप्रदेश सरकारमा सहभागिहुनतम्तयार भएकाप्रदेशसभा सांसद समेत रहेकाती नेताको भनाई सामाजिक विकास मन्त्रीदल रावलले आजबिहानै सामाजिक सञ्जाल फेसवुकमा लेखेको पोष्टले पनि पुष्टि गरेको छ ।
प्रदेश सरकारको मन्त्रीबाट जिम्मेवार मुक्तहुनेतर्फ संकेत गर्दै मन्त्री रावलले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा यस्तो लेखेका छ कर्णालीप्रदेश सरकारको सामाजिकविकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्षवा परोक्ष रूपमा सहयोग गर्नुहुने सम आदरणीय महानुभावहरु प्रति ऋणी भएको उनले आफ्नो तर्क यसरी राखेकाथिए ।
सरकारको पक्षमा संसदीयदलमाउपस्थित नभएपछि मुख्यमन्त्रीले नैतिकताकाआधारमा राजीनामादिनआग्रह गरे पनिदुबैजनाले प्रधानमन्त्री केपीओलीको निर्देशनअनुसार राजीनामा नदिएपछि कार्यकारी अध्यक्ष प्रचण्ड र वरिपष्ठ नेतानोपलको निर्देशनमाउनीहरुलाई आजबर्खास्त गर्न लागेको स्रोतको भनाइ छ ।
मुख्यमन्त्री शाहीले सहमतीअनुसार आजै वरिष्ठ नेता माधव कुमार नेपाल निकट तीनजनालाई मन्त्रीबनाउने तयारी गरेका छन् । अविश्वासको प्रस्ताव विफलपार्नका लागि शाहीले नेपाल पक्षसँग सहमति गरे अनुसार आज मन्त्रीबनाउन थालेका हुन् ।