• २०८३ बैशाख १० गते बिहिवार

गर्भवती आमासंग उपाध्यक्ष कार्यक्रम शुभारम्भ

पढ्न लाग्ने समय : २ मिनेट

पौष १२, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पामा गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम आज एक कार्यक्रमका विच सुभारम्भ भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनीको अध्यक्षतामा कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष घर्तीले भन्नुभयो, अव कुनै पनि नागरिक आर्थिक अवस्था कमजोर भएर आफ्नो स्वास्थ्य जाँच गर्नबाट बन्चित हुनु नपर्ने बताउनु भएको छ ।

नेपाल सरकारबाट निःशूल्क प्राप्त हुने सेवा सुविधा बाहेक अन्य लाग्ने शेवा सुविधा अव सम्पूर्ण गाउँपालिकाले व्यहोर्ने समेत बताउनुभयो, उहाँले भन्नु भयो अव स्वास्थ्य संस्थामा गर्भवती जाँच गरे बापत आठ प्याकेट आयोडिन नुन र पाँच वटा हात धुने सावुन समेत उपलब्ध गराउने अध्यक्ष घर्तीले बताउनुभयो साथै उहाँले भन्नुभयो गर्भवती महिलाले अनिवार्य चौथो महिना र नौ महिनामा गरिने भिडियो एक्सरेलाई पनि पूर्ण रुपमा निःशूल्क गरिएको बताउनुभयो । गर्भवती महिलासँग उपाध्यक्ष तथा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत करिव छ लाख बरावरको रकममा यो कार्यक्रम लागु गरिएको अध्यक्ष घर्तीले बताउनुभयो ।


कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनीले भन्नुभयो ”हिजोका दिनहरुमा घरमा बच्चा जन्माउने आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने गरि घरमै बच्चा जन्माउने परिपाटीलाई अन्त्य गर्नका लागि यो कार्यक्रम ल्याइएको हो, त्यसैले सवै गाउँवासिहरुले गाउँपालिबाट उपलब्ध सेवा सुविधाका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्नुभयो ।” उहाँले भन्नुभयो अव यो कार्यक्रमबारे तपाइहरुले तपाइको गाउँ घर छरछिमेकमा रहेका सम्पूर्ण गर्भवती आमाहरुलाई जानकारी गराइ यो सुविधा लिनका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे, वडा नम्वर ४ का वडा अध्यक्ष गञ्ज क्षेत्री सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. प्रकृति भट्टराइ र स्वास्थ्य संयोजक मोतिम आलमले कार्यक्रमको शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थय सह संयोजक सावित्रा कुमारी थापाले गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस