पर्सा, १२ मंसिर । ज्यान मार्ने उद्योग तथा लागु औषध मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-७ बस्ने ४६ वर्षीय प्रभु प्रसाद कलवारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । कलवारलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा बुझाउने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।