• २०८३ बैशाख १४ गते सोमवार

कोटेश्वर भाटभटेनीमा पनि जलेको अवस्थामा भेटियो शव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ। कोटेश्वरस्थित भाटभटेनीमा पनि जलेको अवस्थामा शव फेला परेको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली भएको खुलेको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पहिचान गर्न नसकिने अवस्थामा रहेको शव नजिक फेला परेको सिमबाट उनको पहिचान भएको हो । परिवारले समेत उनी हराएको रिपोर्ट प्रहरीमा गरेका थिए ।

यसअघि काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा ६ शवका अस्थिपञ्जिर फेला परेका थिए भने धरानको भाटभटेनीमा ४ र विराटनगरको भाटभटेनीमा एक जनाको शव फेला परेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस