• २०८३ बैशाख २७ गते आइतवार

बार्सिलोनाले जित्यो स्पेनिस सुपरकोपाको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपरकोपाको उपाधि जितेको छ । साउदी अरेबियामा सम्पन्न स्पेनिस सुपर कोपाको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक एक गोल गरेका थिए । यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा बार्सिलोनाका फ्रान्की डि जोंगले रातो कार्ड पाएका थिए ।

योसँगै बार्सिलोनाले १६ पटक स्पेनिस सुपरकोपाको उपाधि जितेको छ । रियल म्याड्रिडले भने सुपर कोपाको उपाधि १३ पटक जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस