• २०८३ जेष्ठ ७ गते बिहिवार

लागूऔषध चरेससहित एक जनालाई पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२ ,गुल्मी । गुल्मीबाट २६ किलो लागूऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीबाट प्युठानको गौमुखी गाउँपालिका–३ रजवाराका ३३ वर्षीय बालाराम पुनलाई २६ किलो चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुनलाई लागूऔषध ओसारपोसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस