मंसिर,१२ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल ट्वीटरमार्फत आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी दिएका छन् ।
आज बिहान १०.४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिँदै उनले यसमा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
