• २०८३ भाद्र १२ गते शुक्रवार

भिल्ला रियलको सानदार जित

पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौं । भिल्ला रियलले स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसमाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा भिल्ला रियलले रियल बेटिसलाई ५–१ गोलले हरायो । भिल्ला रियलको जितमा कार्ल टोको एकाम्बीले ३९औं र ७६औं मिनेटमा दुई गोल गरे ।

सान्ति काजोरलाले ६८औं, जेरार्ड मोरेनो र सामुएल चुक्वुएजेले इन्जुरी समयमा एक एक गोल गरेका थिए । रियल बेटिसका इमरसनले ४८औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । जितसँगै सात खेलबाट ११ अंक बनाएको भिल्ला रियल पाँचौ स्थानमा उक्लिएको छ । नवौं सथनमा रहेको रियल बेटिसको आठ अंक छ ।

शीर्ष स्थानमा रहेको रियल म्याड्रिको ६ खेलबाट १४ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका रियल सोसियडाड र एट्लेटिको म्याड्रिको समान १३ अंक छ ।

Sharing

प्रतिक्रिया दिनुहोस